६ जेष्ठ २०८१, आईतवार
घर घरमै तरकारी पुर्‍याउदै युवा व्यवसायी वली
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ खैरेनीका गिरिजा वलीले विगत १ वर्ष देखि व्यसायिक रूपमा तरकारी खेती गरेका छ्न । मल्चिङ प्रविधिबाट तरकारी खेती गरिरहेका वलीले हाल ६ कठ्ठा जग्गामा काक्रो, फर्सी, लौका, तिते करेला, बोडी टमाटर लगायतका तरकारी खेती गरिरहेका छन ।
करिब ३ वर्ष मलेसिया बसेर नेपाल फर्किएका वलीले कृषि क्षेत्रमा लागेर काम गर्ने इच्छा अनुसार व्यवसायीक तरकारी खेती सुरु गरेको बताए । स्थानीय स्तरमा तरकारीको उत्पादन कम हुने र बाहिरबाट तरकारी ल्याउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दा तरकारी उत्पादनमा लागेको वलीको भनाइ छ । “लकडाउनमा मैले आफुले उत्पादन गरेको तरकारी घरमै पुर्‍याउने गरेको छु” वलीले भने उनले हाल साइकलमा ढकेरी बजार तथा स्थानीयको घरमै तरकारी पुर्‍याइदिने गरेका छ्न ।
तरकारी खेतीबाट सिजनमा ४० हजारसम्म आम्दानी हुने गरेको बताए । तरकारी खेतीमा सिचाइको समस्या झेल्दै आएका वलीले सिँचाइको राम्रो व्यवस्था नहुदा निकै समस्या परेको बताए । “सिचाइका लागि आफ्नै मोटर छैन अहिले खानेपानीको पानी पोखरीमा संचित गरेर सिँचाइ गर्नुपर्ने बाध्यता छ” उनले भने “स्थानीय सरकारले कृषि क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न मल, बिउबिजन, सिचाइ र तालीमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।”

  • १० जेष्ठ २०७८, सोमबार ११:२१ प्रकाशित
  • Nabintech