१८ बैशाख २०८१, मंगलवार
हेरोइनसहित नेपालगञ्जबाट २ जना पक्राउ
  • काँचुली खबर

बाँकेको नेपालगञ्ज उप-महानगरपालिका-१५ स्थित हड्डी चोकबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १८ वर्षका दुई किशोर छन् । बालिग नभएको हुनाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेका छैन् । उनीहरुको साथबाट ११ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतबाट उनीहरुले सो हेरोइन ल्याएको बताएका प्रहरीले जनाएको छ । जमुनाहा नाकामा चेकजाँच गर्दा उनीहरुको साथमा लागुऔषध फेला परेको थियो ।

  • २३ बैशाख २०७८, बिहीबार १२:४५ प्रकाशित
  • Nabintech