६ जेष्ठ २०८१, आईतवार
नरैनापुरको चौबिसबिगामा आगलागी, ६ घर जलेर नष्ट
  • काँचुली खबर

बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगा गाउँमा आगलागि भएको छ । घरमा बालेको आगोबाट आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । त्यस गाँउमा प्राय सबैको फुसका छाना भएका घर छन ।

मंगलबार दिउसो करिब १ बजेको समयमा आगलागी भएको थियो । नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको प्रयासमा आगलागि नियन्त्रणमा लिईएपनि आगलागीबाट करिब ६ घर जलेर नष्ट भएका छन । यद्यपी आगलागीबाट मानविय क्षती भने नभएको स्थानिय प्रहरीले जनाएको छ ।

यसअघि समेत आगलागीबाट नरैनापुरको सुईया गाँउका २२ घर जलेर नष्ट भएका थिए ।

  • १० चैत्र २०७७, मंगलवार १७:५८ प्रकाशित
  • Nabintech