६ जेष्ठ २०८१, आईतवार
नेपाल एयरलाइन्सको चार्टर्ड बिमानद्धारा बंगलादेश जादैं राष्ट्रपती
  • काँचुली खबर

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको न्यारोबडी जहाज चढेर बंगलादेशको ढाका जाने भएकी छिन् ।
नेपाल एयरलाइन्स स्रोतका अनुसार सोमबारबाट शुरु हुने राष्ट्रपतिका लागि नेपाल एयरलाइन्सको ए-३२० जहाजले भीभीआईपी उडान गर्न लागेको हो ।
सोमबार ढाका जाने जहाज मंगलबार काठमाडौं आउने छ । बंगलादेशमा नेपाल एयरलाइन्सको नियमित उडान छैन ।
यस अवधिमा नेपाल एयरलाइन्सको सेड्यूल फ्लाइटलाई प्रभाव नपर्ने गरी राष्ट्रपतिको टोलीका लागि उडान गर्न लागिएको निगमको भनाइ छ ।

  • ८ चैत्र २०७७, आईतवार १४:०७ प्रकाशित
  • Nabintech