६ जेष्ठ २०८१, आईतवार
सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो
  • काँचुली खबर

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ ।

शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • ८ चैत्र २०७७, आईतवार १२:३० प्रकाशित
  • Nabintech