२१ बैशाख २०८१, शुक्रबार
माओवादी बैठकको एजेण्डा : नाम फेर्नेदेखि पार्टी एकतासम्म
  • काँचुली खबर

पेरिसडाँडामा जारी नेकपा माओवादी केन्द्रको केन्दीय समिति बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । जसमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विविध एजेण्डा रहेको स्रोतले जनाएको छ ।

विविधमा पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन, त्यसका लागि दलहरुबीच भइरहेको वार्ता र समीकरणका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा ब्रिफिङ गर्ने नेताहरुको भनाई छ ।

  • १ चैत्र २०७७, आईतवार १५:३४ प्रकाशित
  • Nabintech