राष्ट्रिय निकञ्जमा रहेका विभिन्न जाति-प्रजातिका जनावरहरुमा अस्तित्व र सह-अस्तित्वको लडाईं चलिरह्यो । फरक-फरक जाति-प्रजातिबिच मोर्चा, सहकार्य र गठबन्धन हुने र टुट्ने क्रम निरन्तर चलिरह्यो । यो नै एउटा मौलिक विशेषता हो, यो निकुञ्जको ।
निकुञ्जको आफूलाई शेर ठान्ने सिंह र मांसहारीको राजा ठान्ने बाघबिच गठबन्धन भो । अन्य जाति-प्रजाति हायल कायल भए । निकुञ्जभित्र एक छत्र राज गर्ने सपना पूरा भयो । सिंहभित्र उच्च महत्वाकांक्षा विकसित हुँदै गयो भने बाघले आफू छायाँमा परेको महशुस गर्न थाल्यो । दुवैबिच ङ्यार ङ्यार ङुउर ङुउर शुरु भयो । परिणाम दुवैबिचको अपवित्र गठबन्धन सिसाको घर झैं झर्याम झुरुम्मै फुट्यो । दुवैका बाटा फरक फरक तय भए ।
उनीहरु एक अर्काको उछित्तो काड्ने प्रतिस्पर्धामा को भन्दा को कमकै शैलीमा उत्रिए । सिंहले सर्वसत्तावाद लादेकोले मांसहारी आन्दोलनलाई आक्रमक रुपमा लैजाने घोषणा बाघले गर्यो ।
काउन्टर अट्याक गर्दै सिंह गर्जियो, ‘सिंह बन्ने सपना देख्ने ? मांसहारी आन्दोलनको लागि उक्साउने ! धेरै नउफ्र, चिडियाखानामा कोचि दिन्छु ।’
यिनीहरुको गाईजात्रा देखेर अन्य जातिका जनावरहरु आकाशको फल झर्ला र खाउँला भनी पर्खी बसेर रमिता हेरिरहेका छन् ।
लघुकथा : ‘संस्कार’ !
छविलाल खड्का
कोहलपुर
२६ माघ २०७७, सोमबार १८:१२ प्रकाशित