८ बैशाख २०८१, शनिबार
भेरीको परिक्षणमा ५ संक्रमित थपिए
  • काँचुली खबर

शुक्रबार बाँकेमा ५ जना कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लाका अन्य दुई प्रयोगशालामा गरीएको परिक्षणमा भने कसैलाई संक्रमण पुष्टि नभएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । आज थपिएका संक्रमितसहित बाँकेमा हालसम्म ४५८८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैबिच आज जिल्लाबाट ६ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । विभिन्न आईसोशेलन सेन्टरमा बसेका ६ जना डिस्चार्ज भएसँगै बाँकेबाट डिस्चार्ज हुनेको सँख्या ४४६६ पुगेको छ ।

सुर्खेतका ७१ वर्षिय पुरुषको भेरीमा मृत्यु

यसैबिच आजै बाहिरी जिल्लाबाट कोरोना उपचारकालागि बाँके आएका १ जनाको मृत्यु भएको छ । बाँकेमा हालसम्म जिल्लाभित्रका ८५ र जिल्ला बाहिरका १३६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेका छन ।

  • ९ माघ २०७७, शुक्रबार १८:४६ प्रकाशित
  • Nabintech