२५ बैशाख २०८१, मंगलवार
दलित महिलाको आय आर्जनमा सहयोग गर्दै फेडो
  • काँचुली खबर

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभारका सावित्री विक र उनका श्रीमान शेर बहादुर विक दिनभर किराना पसल तथा फ्रेस हाउसमा व्यस्त हुन्छन । सावित्रिले किराना पसल संचालन गरेकी थिइन भने उनका श्रीमान कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किए पछि दलित महिला संघ बाँके (फेडो) को सहयोगमा फ्रेस हाउस संचालन गरेका छन । उनीहरुले अहिले दैनिक १ हजार देखी १५ सय रुपैया सम्म आम्दानी हुने गरेको बताए ।

त्यस्तै बैजनाथ ३ की तुलसी विकले पनि व्यवसायिक रुपमा कुखुरा पालन गरेर मनग्य आम्दानी गरिरहेकी छिन । केही समय अघि कुखुरा पालन गरेकी विकलाई दलित महिला संघ बाँकेले उद्यमशिलता तालिमसँगैै नगद समेत सहयोग गरेका कारण उनलाई यो व्यवसायमा राहत पुग्नुका साथै आत्मनिर्भर बन्न सहयोग पुगेको तुलसी बताउछिन ।

बैजनाथ २ का विन्दु सुनार र टेक बहादु सुनारले फलामका सामाग्रीहरु बनाउन थालेको धेरै बर्ष भयो । सुरुमा समान्य बालीघरे प्रथामा काम गरिरहेका उनीहरुले दलित महिला संघ (फेडो) ले आर्थिक सहयोग गरेपछि अहिले आरने पेशालाई व्यवस्थित गरेर फलामका सामाग्री उत्पादन तथा विक्रि वितरण गरिरहेका छन । उनीको आम्दानीमा सुधार आएको विन्दु बताउछिन ।

त्यस्तै खजुरा गाउँपालिकाकी रविना सुनारले सिलाई कटाई व्यवसाय संचालन गर्दै आएकी थिइन । समुहमा आवद्ध भएर फेडोबाट आर्थिक सहयोग पाएपछि आफ्नो व्यवसायमा सहयोग पुगेको उनले बताइन । अहिले सिलाई मेसिन तथा कपडा खरिद गरेर सिलाई व्यवसाय संचालन गरिरहेकी सुनारको आय आर्जनमा सहयोग पुगेको उनको भनाइ छ ।

त्यस्तै तरकारी खेती गरिरहेकेकी खजुराकी माया गुरुङ आफुलाई फेडो बाँकेले सहयोग गरेपछि आयआर्जनमा सहयोग पुगेको बताउछिन ।

डिसिएको सहयोगमा दलित महिला संघ बाँके (फेडो) ले दलित तथा सिमान्तकृत समुदायका महिलाहरुको सेवा र श्रोतमा पहुचमा अभिवृद्धि परियोजना अन्र्तगत बाँके जिल्लाका बैजनाथ खजुरा र डुडुवा गाउँपालिका गरी १८ वटा महिला समुहका २९ जना महिलाहरुलाई उद्यमशिल तालिम तथा आर्थिक सहयोग उपलब्ध गराएको छ । त्यसैगरी कोरोनाका कारण बैदेशिक रोजगारीबाट घर फर्केका ३० जनालाई समेत आर्थिक सहयोग गरेर उनीहरुको आय आर्जनमा सहयोग पुर्याएको परियोजना संयोजक दिलिसा गौतमको गौतम भनाई छ ।

परियोजनाबाट २ हजार दलित परिवार प्रत्यक्ष लाभान्वित भएको फेडो बाँकेले जनाएको छ । दलित महिला संघ (फेडो) बाँकेकी अध्यक्ष निर्मला सुनारले दलित तथा सिमान्तकृत समुदायका महिलाहरुको सेवा र श्रोतमा पहुँचमा अभिवृद्धि परियोजनाले दलित महिलाहरुको आय आर्जनमा सहयोग पुगेको बताइन ।

  • २३ पुष २०७७, बिहीबार १९:३१ प्रकाशित
  • Nabintech