४ जेष्ठ २०८१, शुक्रबार
एक हजार तीनसयले घट्यो सुनको मुल्य
  • काँचुली खबर

स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३०० ले ओरालो लागेको छ ।

पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ ।

यो बुधबारका तुलनामा एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

सोही सुन बुधबार तोलामा ९६ हजार २०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै एक हजार ३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा १० ले मात्रै ओरालो लागेको छ ।

प्रतितोला एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।

  • २३ पुष २०७७, बिहीबार १३:०३ प्रकाशित
  • Nabintech