४ जेष्ठ २०८१, शुक्रबार
एम्बुलेन्सको ठक्करबाट पोखरेलको मृत्यु
  • काँचुली खबर

एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा दाङमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार दिउसो साढे २ बजेतिर एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका वाड नं. ८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र पोखरेलको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१झ १०२ नम्बरको एम्बुलेन्सले रा४प १५६६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा भएको उक्त दुर्घटनाबाट गम्भीर घाईते टोपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • २१ पुष २०७७, मंगलवार १९:०५ प्रकाशित
  • Nabintech