४ जेष्ठ २०८१, शुक्रबार
घाईते गिद्ध आफै प्रहरी कार्यालयमा पुगेपछि….
  • काँचुली खबर

लोपउन्मुख तथा अति दर्लभ मानिने गिद्ध घाईते अवस्थामा आफै प्रहरी कार्यालय पुग्यो भन्दा तपाईहरुलाई आश्चर्य लाग्न सक्छ । तर मंगलबार घाईते अवस्थाको एक गिद्ध आफै जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पुगेको छ ।

बेलुका ५ बजेको आसपासमा एक गिद्ध जिल्ला प्रहरी कार्यालय बाँकेको पेरिमिटर भित्र रहेको पोखरी नजिकै घाईते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घाईते भई उड्न नसक्ने अवस्थामा रहेको उक्त गिद्धलाई तत्काल उद्धार गरी डिभिजन वन कार्यालय नेपालगंजलाई हस्तान्तरण गरीएको बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिएका छन ।

शनि देवताको वाहनको रूपमा समेत पुजिने गिद्धको प्रजाती हालसम्म विश्वमा २३ र नेपाल लगायत दक्षिण एसियामा ९ प्रकारका पाईएका छन ।

  • २१ पुष २०७७, मंगलवार १८:४७ प्रकाशित
  • Nabintech