११ बैशाख २०८१, मंगलवार
विश्वकै सबैभन्दा महँगा खेलाडी नेयमारकाे खेल इतिहास
  • काँचुली खबर

काठमाडाैँ । बाज्रिलका खेलाडी नेयमार डि सिल्भा सान्तोष विश्वका सबैभन्दा महँगा खेलाडी हुन् । बार्सिलोनाबाट ब्यबसायिक फुटबल खेल्दै आएका नेयमार यसैसिजनबाट महंगो मुल्यमा पिएसजी गएका थिए । ब्राजिलको मुख्य हतियारका रुपमा रहेका नेयमार लामो समय आराम पछि बिश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डबिरुद्ध भिड्दैछन् । स्वीट्जरल्याण्डविरुद्धको खेलमा सबैको आकर्षणको पात्र हुने नेयमारले ब्राजिलका लागि ८५ खेलमा ५५ गोल गरिसकेका छन् । पेलेको ७७ गोलको कीर्तिमान भंग गर्न सक्ने लक्ष्यमा रहेका उनी २०१४ मा घरेलु मैदानमा भएको बिश्वकपमा जर्मनीबिरुद्धको खेलमा घाइते भएका थिए ।

उनी घाइतेपछि बाज्रिल ७ गोलको शिकार भएको थियो । जुन खेल इतिहासमा बाज्रिलीयनहरुले बिर्सन सक्नेछैन । साउथ अफ्रिकामा २०१० मा भएको बिश्वकपबाट डेक्यु उनले बाज्रिलका बिभिन्न उमेर समुहबाट प्रतिस्पर्धा गरेका थिए । २००९ देखी क्लबस्तरको ब्यबसायिक फुटबल सुरु गरेका उनले २०१३ सम्म बाज्रिलको सान्तोस क्लबमा बिताए । २०१३ देखी स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका उनी २०१७ मा पिएसजी गए । पिएसजीमा खेलेका २० खेलमा नेयमारले १९ गोल गरेका छन् ।

सन् २०१६ मा रियो ओलम्पिकको फुटबलमा नेयमारको कप्तानीमा ब्राजिलले स्वर्ण पदक जितेको थियो । फुटबल जगतमा ब्राजिलले जित्न बाँकि रहेको एक मात्र पदकका रुपमा लिइएको यस उपाधि जिताउन नेयमारले उल्लेख्य भूमिका खेले ।

  • ४ असार २०७५, सोमबार ११:१५ प्रकाशित
  • Nabintech