८ बैशाख २०८१, शनिबार
यी हुन् विश्वकप फुटवल २०१८ का सम्भावित बिजेता, कसले उचाल्ला ट्रफी
  • काँचुली खबर

रेखा शाही
काठमाडाैँ । विश्वकपको उपाधि कुन देशले जित्ला ? स्टार खेलाडीको प्रदर्शन कस्तो रहला ? यस्तै चर्चाले बिश्वफुटबल तातेको छ । बिश्वकपको उपाधी कस्ले जित्छ?’ आफैँमा यो सजिलो प्रश्न भने होइन। यो वा त्यो टीमले विश्वकप जित्छ भनेर भन्नै सकिने अवस्था छैन। सबै टीम शारीरिक, मानसिक अनि प्राविधिक रूपमा पनि पूर्ण तयारीका साथ रसिया पुग्दैछन । सम्भावना सबै टीमको तर यसको अर्थ सबै टीम विश्वकप ट्रफीको हकदार छन भन्ने चैँ होइन । विश्वकप अगाडी गरेको प्रदर्शन र स्टार खेलाडी, टीम फर्मका आधारमा बाज्रिललाई मुख्य दाबेदार मानिएको छ ।

१.ब्राजिल 
फुटबल पण्डितहरूले विश्वकप २०१८ को लागि पहिलो रोजाईमा राखेको टीम हो, ब्राजिल। २०१४ को विश्वकपमा आफ्नै घरलु मैदानमा जर्मनीसँग पराजय भोगेको नमिठ्ठो हारको चोटले ब्राजिलियनहरूलाई अझैपनि पोल्छ ।विश्वमा सबैभन्दा धेरै फुटबल क्रेज र फ्यानबेस भएको देश ब्राजिलले ५ पटक बिश्वकप जितिसकेको छ । हरेक बिश्वकपमा दाबेदारको रूपमा बाज्रिललाई हेरीनुमा टिम समन्वय उत्कृष्ट छ । बाज्रिलको टोलीमा नेयमार,फिलिप कोटिन्हो, गाब्रीएल जेसस, रोवर्टो फिर्मिनो ,युवा स्टार क्यसिमिरो, थियागा सिल्भा जस्ता अनुभवी खेलाडीहरूको राम्रो मिश्रण छ। यो टीममा युवा तथा पाका खेलाडीको सुहाउँदो मिश्रण त छँदै छ त्यसमाथि ब्राजिलियन प्रशिक्षकले दोश्रो रोजाईमा राख्ने खेलाडी पनि उत्तिकै उत्कृष्ट छन्। लेफ्टब्याक मार्सेलो र डिफेन्सिभ मिडफिल्डर क्येसिमिरोको प्रदर्शनले ब्राजिलियन टिम अझै मजबुत र सन्तुलित हुने खेल पण्डितहरु बताउन्छन ।

२.फ्रान्सउत्कृष्ट मिडफिल्डर रहेको टिम हो फ्रान्स । सन् २०१० मा स्पेन र ०१४ मा जर्मनीले विश्वकप जित्नुको पछाडि उनीहरूको मिडफिल्ड पावर नै थियो। अहिले फ्रान्सेली टीमको धार भनेकै मिडफिल्ड हो । पाउल पोग्वा, एनगोलो कान्टे, ओसमान डेम्बेले जस्ता युवा प्रतिभावान खेलाडी रहेको फान्सेली टीममा अनुभवी खेलाडी नहुनु कमजोर पक्ष हो शारीरिक रूपमा बलियो मिडफिल्डका अलवा एन्टोनी ग्रीजमन, थोमस लेमार, ओलिभर जिरुड जस्ता खेलाडी समाबेश छन फान्सको टोलीमा । फ्रान्सेली प्रशिक्षक डिडियर डेक्याम्सले २३ खेलाडीमा प्रतिभावान र शारीरिक रूपमा सबल खेलाडी छनोट गरेकाले फान्स्र टिम रसिया बिश्वको मुख्य दाबेदार रहेको बिश्लेषण गरेका छन ।

३.जर्मनीयुरोपको बादशाह, डिफेन्डिङ च्याम्पियन जर्मनीको खेल वायर्न म्यूनिखको फर्ममा आश्रित रहने गरेको पाईन्छ । २०१४ विश्वकप बिजेता जर्मनीको टोलीमा मारियो गोट्से र आन्द्रे सुर नभएपनि मिडफिल्डर मार्को रिउस ,जोसुअ किमिच, युलियन ड्राक्सलर, लरेय सानेले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरीएको छ । मेसुट ओजिल, टोनी क्रुस र थोमस मुलर मुख्य खेलाडीको भुमिकामा रहने जर्मनीले यो पटक पनि उपाधी जित्न सक्ने खेलबिश्लेषकहरुले बताएका छन ।

 

४.स्पेन
२०१० को बिश्वकप बिजेता स्पेनको राष्ट्रिय टोलीमा बार्सिलोना र रियल मड्रिड खेलाडीको बाहुल्यता छ । क्लब स्तरमा बार्सिलोना र रियल मड्रिडको कटु शत्रुता रहेपनि दुई क्लबका खेलाडीहरू रहेको स्पेनले रसिया बिश्वकपको उपाधीमा कब्जा गर्न सक्ने बिश्लेषकहरु बताउन्छन । आन्द्रे ईनीष्टा ,डेभिड सिल्भा जस्ता भेट्रान मिडफिल्डर रहेको स्पेनी टोलीमा युवा स्टार प्रतिभा ईस्को, मार्को एसेन्सियो र लुकास भास्केस छन । सर्जियो रामोस, कार्भहल ,जेराड पिके र जोर्डी अल्भा जस्ता डिफेन्डर रहेको टोलीमा डियगो कोस्टा र डेभिड जस्ता स्टाइकर छन । पुराना खेलाडीको अनुभव र नयाँ प्रतिभाको उर्जाले भरिएको स्पेनले २००८ र १२ मा युरोकप तथा २०१० को विश्वकप जितेको थियो ।

५. अर्र्जेन्टिना 
बिश्वकप छनोटमा खराब प्रदर्शन गरेपनि अन्तत रसिया बिश्वकपमा स्थान बनाएको अर्जेन्टिनाले सुधारीएको प्रदर्शन गर्नसक्ने खेलपण्डितहरुले बताएका छन । लगातार तीन ठुला अन्तराष्ट्रिय प्रतियोगिताको फाईनल गुमाएको अर्जेन्टिनाको टीम यसपालि निकै दबाबमा रहेपनि उपाधीको दाबेदार रहेको बिश्लेषण गरीएको छ । फरवार्ड र मिडफिल्ड र डिफेन्स लाईनबिच विविधता देखिने अर्जेन्टिनाको टिममा मेसी र सर्जियो अग्युरो स्ट्राइकरको रोलमा रहनेछन्। मिडफिल्डमा एन्जेल डि मारिया, जियोभानी लो सेल्सो, मानुएल लान्जिनी र लुकास बिग्लिया खेल्ने सम्भावना छ । सेन्ट्रल डिफेन्समा निकोलस ओटामन्डी र फाजियो खेल्नेछन् भने गोलकिपिङमा रिभर प्लेटका फ्रान्को अर्मानीले चोटग्रस्ट भई बाहिरिएका सर्जियो रोमेरोको ठाउँ लिनेछन्।

  • २८ जेष्ठ २०७५, सोमबार १७:०३ प्रकाशित
  • Nabintech