जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।
नेपालगन्ज देखि जुम्लाको लागि उडेको विमान जुम्ला विमानस्थलमा ल्यान्डिङका क्रममा टायर पन्चर भएर रनवेबाट चिप्लीएर दुर्घटनामा परेको हो । तारा एयरको ९ एन एभीई कल साईनको विमानको अगाडीको भाग भुईँमा बजारिँदै जालीमा गएर ठोक्किएको थियो ।
दुर्घटनाबाट जहाजको अगाडीको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जुम्ला विमानस्थलका अनुसार विमानमा रहेका चालक दलका सदस्यसहित १६ जना यात्री सकुशल रहेका छन् । दुर्घटनापछि अहिले जुम्ला विमानस्थल बन्द गरिएको छ ।
२६ जेष्ठ २०७५, शनिबार २०:०७ प्रकाशित