१६ चैत्र २०८०, शुक्रबार
यस्ताे छ २४ सदस्यीय अाेली मन्त्रीमण्डलकाे बरियता
  • काँचुली खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा  अाेलीले चाैथाे पटक मन्त्रिमण्डल बिस्तार गरेपछि अाेली सरकार २४ सदस्यीय बनेकाे छ । शुक्रबार संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष उपेन्द् यादवसहित २ जना मन्त्री थपिएका हुन् ।  फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उप-प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री भएका छन् भने फाेरमकै नेता इस्तियाक राईन शहरी विकास मन्त्रीमा नियुक्त भएका छन्।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेकी हुन्। यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले सम्हालेका थिए।

अाेली सरकारमा अब २ जना उपप्रधानमन्त्री भएका छन् । यसअघि प्रधानमन्त्री बन्दा ४ जना उपप्रधानमन्त्री राखेर चर्काे अालाेचना खेपेका अाेलीले यसपटक उपप्रधान नराख्ने भन्दै रामबहादुर थापा र इश्वर पाेखरेललार्इ मन्त्रीकाे मात्र जिम्मेवारी दिएका थिए । तर शुक्रबार रक्षामन्त्री इश्वर पाेखरेललार्इ बढुवा गरेर उपप्रधान बनाएका हुन् । थापाले पनि उपप्रधान दाबी माग गरेका थिए ।

फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएका ओलीले फागुन १४ र चैत २ गते सरकार विस्तार गरेका थिए। चाैथाे पटक मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रीहरुकाे वरियता यस्ताे रहेकाे छ।

  • १९ जेष्ठ २०७५, शनिबार १९:२२ प्रकाशित
  • Nabintech