नेपालजन्ज उपमहानगरपालिका वडा न. २ को आर्थिक सहयोगमा युनेस्को क्लव बाँकेले २ वटा सामुदायिक बिद्यालयका २१ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकाे छ । युनेस्को क्लबकाे ब्यवस्थापनमा पिछडिएका तथा सिमान्तकृत समुदायका वालवालिकाहरुलाई शैक्षिक सामग्री (कपि, कलम र एक जोर स्कुल पोशाक) बितरण गरिएको हाे।
कार्यक्रमका प्रमुख अतिथी वडा न.२ का वडा अध्यक्ष सुनिल सिह हमालले सामुदायिक बिधालयहरुमा बिपन्नब बर्गका बालबालिकाहरुको संख्या धेरै भएकाले आफ्नो वडाबाट शिक्षामा छुट्याएको रकमबाट पहिलो पटक शैक्षिक सामग्री वितरण गरिएको बताए । चालु आ.व. मा शिक्षा तर्फको रकम थोरै भएको भन्दै हमालले आगामी बर्षहरुमा वडाले शिक्षा तर्फ विशेष ध्यान दिने प्रतिवद्धता जनाए ।
वडासदस्य धुर्ब दहाल, राम कुमार वैश्य, ने.रा. आधारभुत बिधालय घरबारी टोल ब्यबस्थापन समितिका अध्यक्ष प्रनिल सिंह हमाल, प्र.अ. ललिता उपाध्याय, वडा सचिब खेमराज सुवेदी लगायतले शिक्षा क्षेत्रमा सुधार सहित बिपन्न बर्गका विद्यार्थीहरुका लागि बिशेष कार्यक्रमहरु ल्याउनु पर्ने जाेड दिएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
युनेस्को क्लबका अध्यक्ष चक्र बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शान्ती देबि परियार,प्र.अ. हिरा श्रेष्ठ पि.टि.ए. अध्यक्ष मणिराम बटाला, समाजिक परिचालिका तुल्सा पन्त, शिक्षक ललिता श्रेष्ठ, बाल क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम क्लबका सचिब शोभा गुरुङले संचालन गरेकी थिईन ।
१९ जेष्ठ २०७५, शनिबार १२:४३ प्रकाशित