७ बैशाख २०८१, शुक्रबार
उपराष्ट्रपतिद्वारा ल्होसारको शुभकामना
  • काँचुली खबर

काठमाडौं –  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तमू (गुरुङ) समुदायको महान् पर्व तमू होसारको शुभकानम दिनु भएको छ ।

शुभकामना सन्देश
‘तमू (गुरुङ) समुदायको महान् पर्व तमू ल्होछार–ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमू ९गुरुङ० दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो ल्हो ९वर्ग०को विदाई र नयाँ ल्हो (वर्ग)को स्वागत गर्दै मनाईने तमू ल्होछार–ल्होसार स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाईहरुले हर्ष उमंगका साथ मनाउनु हुने विश्वास लिएको छु ।

धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण छ । नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु छन् । अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरंगी सम्मिश्रण एवम् साझा संगमको रुपमा रही आएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभरि नै सुपरिचित छ । यतिधेरै विविधताबीच राष्ट्रिय एकता पाईनु हामी नेपालीहरुको विशेषता हो ।

विभिन्न समुदायमा मौलिकताका साथ मनाईने चाडपर्वहरु नेपालीको साझा चाडपर्व हुन् । तमू (गुरुङ) समुदायको महान् पर्व तमू ल्होछार–ल्होसार लगायत नेपालका आदिवासी जनजातिका मौलिक सांस्कृतिक एवम् धार्मिक चाडबाडहरु राष्ट्र कै सम्पत्ति हुन् । राष्ट्रका यी अमूल्य सम्पत्तिको संरक्षण एवम् प्रवद्र्धनका लागि राज्यको तर्फबाट नै उचित पहलहरु हुनुपर्दछ ।

हाम्रा मौलिक धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरुले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै हाम्रो राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिंदै आएको हुँदा कुकुर वर्गको विदाई र मृग वर्गको स्वागत गर्दै मनाउन लागिएको पावन पर्व तमू ल्होछार÷ल्होसारले सम्पूर्ण नेपालीहरुका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने र मौलिक संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनमा योगदान दिने अपेक्षा लिएको छु । धन्यवाद ।’

  • १५ पुष २०७५, आईतवार ०८:०४ प्रकाशित
  • Nabintech