२० बैशाख २०८१, बिहीबार
१७ वर्षीया बालक मृत फेला, हत्याको आशंका
  • काँचुली खबर

प्युठानका एक बालक मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी लगाउन गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानिय अन्दाजी १७ वर्षिय गणेश घर्तिमगर खेत नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बुधबार बिहान खेतमा पानी हाल्न जान्छु भनि घरबाट निस्किएका घर्तिमगर विहिवार साँझसम्म घर फर्किएनन् । घरपरिवारले मामाघर बस्यो भनेपनि मावलीलाई सोध्दा मामा घर नभएको जानकारी पाएपछि विहिवार विहानबाट घर्तिमगरलाई खोज्न स्थानिय गएका थिए । खोज्दै जाँदा घर्तिमगर खेतभन्दा करिब १५ मिटर टाढा मृत अवस्थामा मगरको शव भेटिएको थियो । शव फेला पारेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

घर्तिमगरको हत्या भएको आशंका

मृतक घर्तिमगरलाई कसैले मारेको आशंका गरिएको छ । घटनास्थल नजिकै कोदालो भेटिएको र मृतकको टाउकोमा चोट लागेकोले कोदालेले हानेर मारेको आशंका गरिएको प्रहरी प्रमुख निर्मल वुढाथोकीले बताए । उनले भने, ‘घटनाको विषयमा अनुसन्धान गरिरहेका छौँ, अनुसन्धान पछि सबै सत्यतथ्य बाहिर ल्याउँछौं ।’ मगरको शवलाई पोष्टमाटमकालागि जिल्ला अस्पताल विजुवार लगिएको छ ।

  • १३ पुष २०७५, शुक्रबार १९:२६ प्रकाशित
  • Nabintech