६ जेष्ठ २०८१, आईतवार
डडेलधुरा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो
  • काँचुली खबर

डडेलधुरा डा केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुई दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले १० जनाको शव घटनास्थलबाट निकालिएको जानकारी दिए। उनका अनुसार उपक्षेत्रीय अस्पताल डडेलधुरा पुर्‍याइएका अन्य ६ जनाको मृत्यु भएको हो।
केसीले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताए। बस खोलाको खोंचमा खसेको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार उग्रतारा जात्रा वाट फर्कंदै गरेको वस सडक देखि ३ सय मिटर तल खसेको हो ।
डडेलधुराका प्रहरी नायव उपरीक्षक केसीले भने ‘प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा लागिरहेको छ।’
पिस जोन एकेडमीको बस डडेलधुराको उग्रतारा मन्दिरमा लाग्ने जात्राबाट फर्कंदा दुर्घटनामा परेको हो । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।

समाचार साभार : कान्तिपुरबाट

  • ६ मंसिर २०७५, बिहीबार २१:०२ प्रकाशित
  • Nabintech