६ जेष्ठ २०८१, आईतवार
रहेनन पत्रकार रहिस अहमद सिद्दिकी
  • काँचुली खबर

नेपालगन्जका बरिष्ठ पत्रकार रहिस अहमद सिद्दिकीको निधन भएको छ । नेपालगन्ज उपमहागरपालिका–४ गणेशपर निवासी ५६ बर्षिय सिद्दिकीको उपचारका क्रममा गएराती ११ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा निधन भएको हो । उनी लामो समय अस्वस्थ थिए । उनको उपचार भारतको लखनउ, काठमाडौ र नेपालगन्ज मै चली रहे पनि रोग निको हुन सकेको थिएन ।
समय अधिकार दैनिकका सम्पादक/प्रकाशक सिद्दिकी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । करिव दुई दशकदेखि क्रियाशिल पत्रकार सिद्दिकी दारुलउलूम फैजुन्नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिको अध्यक्ष समेत रहेका थिए ।
समाजसेवी तथा मुस्लिम अगुवा स्वर्गीय सिद्दिकीको आज दिउँसो मुस्लिम परम्परा अनुसार नेपालगन्जको कब्रस्तानमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

  • ६ मंसिर २०७५, बिहीबार ०८:३५ प्रकाशित
  • Nabintech