६ जेष्ठ २०८१, आईतवार
बालुवा सहित ३५ ट्र्याक्टर नियन्त्रणमा
  • काँचुली खबर

बिशेष सुराकीको आधारमा प्रहरीले ३५ वटा बालुवा लोड भएको ट्रयाक्टर नियन्त्रण गरि डिभिजन बन कार्यालय बाकेमा बुझाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाकेका मुद्दा फाटका ईन्चार्ज प्रहरी निरीक्षक रण बहादुर बिष्टका अनुसार मंगलबार डुडुवा-४, कटैया राप्ती किनाराबाट बालुवा लोड भएका ३५ वटा ट्रयाक्टरलाई पक्राउ गरि छानबिनका लागि डिभिजन बन कार्यालय बाकेमा बुझाईएको हो ।
डिभिजन बन कार्यालय बाकेका डिभिजनल बन प्रमुख मोहन प्रसाद श्रेष्ठले जिल्ला प्रहरीले बन कार्यालयमा बालुवा सहित ३५ वटा ट्र्याक्टर बुझाएको पुष्टि गरेका छन । उनले भने, ‘प्रहरीले हामीलाई बालुवा सहितको ट्र्याक्टर बुझाएको छ । बालुवा सहितको ट्र्याक्टर बैधानिक वा अबैधानिक के छ त्यो भोलि अनुसन्धान गरे पछि मात्र खुल्नेछ ।’ ‘ठेकेदार कम्पनीका प्रतिनिधिले आफ्नो बिधिबत दर्ता भएको निजी खानीबाट ल्याएको बताएका छन । भोलि अनुसन्धान गर्छौ ।’ उनले भने ।


डिभिजनल सहायक बन अधिकृत गणेश खड्काले ३५ वटा ट्र्याक्टरका चालकहरुलाई भोलि हाजीर हुने गरि जनप्रतिनिधि र राजनैतिक पार्टीका प्रतिनिधिहरुको रोहबरमा छाडीएको बताए ।
उता ठेकेदार कम्पनी सुनिता ट्रेडर्स एण्ड सप्लायर्सका अमर खड्काले बालुवा आफ्नै खानीको भएको जिकीर गरेका छन । उनले भने ‘२०७० सालमा अनुमती लिई २०७१ सालमा तत्कालिन जिल्ला बिकास समिती बाके सङ्ग सम्झौता भई निरन्तर खानी संचालनमा रहेको छ ।’ खानी बिभागबाट आई ई ई गरि बिज्ञान तथा प्राबिधिक मन्त्रालयले गठन गरेको टोली सङ्ग सहमती लिई खानी बिभागको अनुमतीमा आफुले खानी संचालन गरि रहेको उनले बताए ।
‘१५ बर्षको ठेक्का सम्झौता छ, सोही खानी बाट उक्त बालुवा ल्याएको हो, सबै कागजात म सङ्ग छ । ब्यक्तिगत रिसिइबीको कारणले कसैले आफुलाई दु:ख दिनका लागि सुराकी गरेको हुन सक्छ ।’ उनले भने ।

  • ४ मंसिर २०७५, मंगलवार २१:१० प्रकाशित
  • Nabintech