६ जेष्ठ २०८१, आईतवार
बढैयाताल गाउँपालिका २०७६ भित्र बाल विवाह मुक्त हुने !
  • काँचुली खबर

बढैयाताल गाउंपालिका कार्यालयले बालबालिका बिरुद्ध हुने सवै प्रकारका हिसां न्यूनिकरण गर्ने र बालबालिकाको सर्बोतम हितका साथै समग्र बिकासमा असर पार्ने, महिला हिंसा, घरेलु हिंसा, मातृमृत्यू दर आदीको मूख्य कारक तत्वको रुपमा रहेको बालबिबाहलाई अन्त्य गर्ने उद्धेश्यले बार्षिक कार्ययोजना निर्माण गरेको छ ।
उक्त कार्यक्रम गाउँपालिका स्तरीय बाल संरक्षण समितिले प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको सहयोगमा स्याक नेपाल बाँकेको समन्वयमा सम्पन्न गरेको हो । बार्षिक कार्ययोजनामा बिद्यालय बाहिर रहेका तथा बिद्यालय छाडेका बालबालिका हरुको सिप बिकासका साथै ९ वटा बडाका बिभिन्न टोलहरुमा सचेतनामुलक कार्यक्रमहरु स्वास्थ्यका ९९ वटा आमा समुहहरु मार्फत संचालन गर्ने, गाउापालिकामा रहेका सबै बिद्यालयका बालबालिकालाई इलाका प्रहरी कार्यालय मैनापोखरको समन्वयमा बालबिबाहको असर तथा कानुनी प्रवधानहरुको बारेमा जानकारी गराउँने, धार्मिक गूरुहरु, बिहे पार्टिहरुमा क्याटरीङ गर्ने र टेन्ट हाउसहरुसंग अन्तक्र्रिया गर्ने र बृहत रुपमा बालबिबाह बिरुद्ध सबै एकजुट भई एकद्धार प्रणाली माफर्त कार्यक्रम संचालन गरी २०७६ भित्र बालबिबाह मुक्त गाउँपालिका घोषणा गर्ने भएको छ।

कार्ययोजना कार्यान्वयन गर्दा गाउँपालिका स्तरीय स्तरीय बाल संरक्षण समितिलाई वडा नं १, ४ र ५ मा ओरेक र राधाकृष्ण थारु जनसेवा केन्द्रले सहयोग गर्ने त्यस्तै वडा नं २, ३, र ६ मा आवाज संस्थाले सहयोग गर्ने भएको छ भने वडा नं ६, ८ र ९ मा प्लान ईन्टरनेशनल नेपाल र स्याक नेपाल बांकेले सहयोग गर्ने भएको छ । यस कार्यक्रमलाई स्याक नेपालका कार्यक्रम संयोजक शेषकान्त शर्मा र सोही संस्थाकी टिम लिडर नेत्रकला शाहीले सहजिकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकामा बालबालिकाको क्षेत्रमा काम गर्ने आवाज, ओरेक, राधाकृष्ण थारु जनसेवा केन्द्र, सहकारी संस्थाका प्रतीनीधीहरु, यूवा, महिला समुह, बालक्लब किशोरी क्लब, इलाका प्रहरी कार्यालय लगायत बिभिन्न वडाका वडाअध्यक्षहरुको उपस्थीती रहेको थियो । कार्यक्रमको अध्यक्षता गरेकी बढैयाताल गाउँपालिकाका उपाध्यक्ष तथा बाल संरक्षण समितिको संयोजक दिपा गौतमले सवै सरोकारवाला निकायहरु बालबालिका समबन्धि संबेदनशिल भई बाल बिबाह बिरुद्ध काम गर्न अनुरोध गर्नुका साथै कार्य योजना कार्यान्वयनमा आवश्यक पर्ने हरेक सहयोग गर्न गाउँपालिका तत्पर रहेको जानकारी गराउँदै सवै सरोकारवालाहरुलाई धन्यबाद दिएकी थिईन ।

  • ४ मंसिर २०७५, मंगलवार २०:०९ प्रकाशित
  • Nabintech