६ जेष्ठ २०८१, आईतवार
प्युठान समाज दोहा कतारद्धारा बिद्यालयलाई आर्थिक सहयोग
  • काँचुली खबर

‘सम्पुर्ण प्युठानीहरुको आज एकता, सुशासन र समृद्दिको आवश्यकता’ भन्ने पवित्र मुल नारा बोकेर कतारमा स्थापना भएको प्युठान समाज दोहा कतारले गाउँमा रहेको विद्यालयलाई आर्थिक सहयोग गरेको छ। मल्लरानी गाउँपालिका २ साविकको खरिनडांडा स्थित श्री पालु शिद्ध प्राथमिक बिद्यालयलाई रु ५१ हजार चार सय २० रुपैयाँ आर्थिक सहयोग गरेको हो । प्युठान समाज दोहा कतारका अध्यक्ष बलदेव रानाले प्युठान आएको बेला एक कार्यक्रमका बिच उक्त रकम विद्यालयका प्रधानाध्यापक शारदा आचार्यलाइ हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमा बोल्दै अध्यक्ष रानाले बिद्यालयमा अध्ययनरत अति बिपन्न, जेहेन्दार, अनाथ बालबालिका तथा आर्थिक स्थिति कमजोर भई शिक्षाको बहुंच बाट वञ्चित भएका तथा पिछडिएका विद्यार्थीहरुलाई शिक्षाको पहुंचमा पुर्याउने उद्धेश्यले आर्थिक सहयोग गरेको अध्यक्ष रानाले बताए । स्थापना काल देखि नै सक्रिय रहेर विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्दै बैदेशिक रोजगारीको सिलशिलामा प्रदेश रहेका नेपालीहरुले कतारमा बिभिन्न सेवा समाज स्थापना गरी सहयोग अभियान संचालन गरी रकम संकलन गदै बिभिन्न जिल्लाका आर्थिक स्थिति कमजोर भएका बिपन्न वर्गहरुलाई आर्थिक सहयोग समेत गदै आइरहेको उनले बताए।
यस्तै गाउँपालिकाका प्रमुख अमरध्वज रानाले रोजगारीको सिलशिलामा लामो समय सम्म प्रवासमा रहेर पनि आफ्नो रोजिरोटीको लागि मात्र नभई यस संस्थाले समाजका लागि बिभिन्न खाले रचनात्मक कार्यगदै समाज परिवर्तनमा महत्वपुर्ण योगदान पुर्याएको बताए । तेस्तै कार्यक्रममा बोल्दै प्रधानअध्यापक शारदा आचार्यले विद्यालय स्थापनाकालदेखि नै सहयोग गर्दै आएको समाजप्रति कृतज्ञता प्रकट गर्दै उक्त रकमबाट अक्षयकोष स्थापना गरी अति बिपन्न अनाथ बालबालिका तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति तथा शैक्षिक सामाग्रि वितरण गर्ने बताइन् ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्यमोहन रानाको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका प्रमुख अमरध्वज राना, विशेष अतिथि वडा अध्यक्ष लेख बहादुर थापा, बुद्धिजीवी, समाजसेवी, शिक्षक, अभिभावक संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

  • ३ मंसिर २०७५, सोमबार २१:१८ प्रकाशित
  • Nabintech