६ जेष्ठ २०८१, आईतवार
पर्यापर्यटन प्रवद्र्धनकालागि गाभर भ्यालीमा अन्तरक्रिया
  • काँचुली खबर

पर्यापर्यटन प्रवद्र्धनकालागि सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार बाँकेको गाभर भ्यालीमा सम्वद्ध निकायका प्रतिनिधिहरुकाबिच अन्तरक्रिया कार्याक्रम आयोजना गरिएको हो ।
होमस्टे संचालनमा देखिएका चुनौती, समस्या र सम्भावनाका बारेमा सरोकार निकायका प्रतिनिधीहरुले आप्mना धारणा राखेका थिए । कार्यक्रममा बोल्दै होमस्टे एशोसियशन नेपालका केन्द्रीय अध्यक्ष भीम बहादुर के.सी. ले होमस्टेले पर्यटन प्रवद्र्धनमा उल्लेखनिय भूमिका निर्वाह गर्दैै आएको बताए । ग्रामिण क्षेत्रको बिकासकासाथै त्यस क्षेत्रका स्थानियहरुलाई पर्यापर्यटनमार्फत आत्मनिर्भर बनाई उनिहरुको जिवनस्तर उकास्ने कार्यमा समेत होमस्टे प्रभावकारी माध्यम भएको के.सी. ले दाबी गरे । होमस्टे व्यवसायलाई थप व्यवस्थित गरी राज्यको मुल प्रवाहमा ल्याउन आवश्यक रहेको जिकिर गर्दै के.सी. ले भने, ‘अन्य व्यवसायसरह राज्यले होमस्टे व्यवसायीलाई समेत ब्यवस्थित गर्न आवश्यक छ ।’

कार्यक्रममा बोल्दै ५ नं. प्रदेशका साँसद तथा कार्यक्रमका प्रमुख अतिथि ईन्द्रप्रसाद खरेलले आफ्नै परिवेशको उच्चतम प्रयोगबाट स्थानियहरुको जिवनस्तर उकास्ने कार्यमा होमस्टेले प्रभावकारी भूमिका निर्वाह गर्दै आएकोप्रति खुसी ब्यक्त गरे । स्थानिय स्रोत साधनको प्रयोग गरेरै बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने कुराको प्रत्यक्ष उदाहरणका रुपमा गाभार भ्यालीले आफुलाई प्रमाणीत गरेको भन्दै साँसद खरेलले त्यस क्षेत्रको विकासकालागि आफु सधै प्रतिवद्ध रहेको बताए ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले पर्यटन प्रर्बधनकालागि होमस्टे बिस्तारमा गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । जेडएसएल बाँके र बर्दिया कम्पलेक्स प्रमुख पवन गौतमले पर्यापर्यटन र वन्यजन्तु संरक्षणमा खेलेको भुमिकाका बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु, बैजनाथ गाँउपालिकाका उपाध्यक्ष सारदा रेग्मी विक, नेपाल पर्यटन बोर्डका कृष्ण कुमार अर्याल, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्मा लगायतका वक्ताले होमस्टे व्यवसायको प्रभावकारीता तथा चुनौतीका विषयमा आप्mनो धारणा राखेका थिए । होमस्टे संचालन गरेर मात्र नपुग्ने बताउँदै वक्ताहरुले होमस्टे संचालकहरुको दक्षता तथा क्षमता विकासमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
होमस्टे एशोसियशन ५ नं. प्रदेशको मुख्य आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।

  • ३ मंसिर २०७५, सोमबार १५:२२ प्रकाशित
  • Nabintech