७ जेष्ठ २०८१, सोमबार
ऐरावतीमा सामुदायिक स्वास्थ्य ईकाइ संचालन
  • काँचुली खबर

प्युठान जिल्लाको ऐरावती गाउँपालिका –३ कोलबाङ्गमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानिय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो । स्वास्थ्य इकाई भवनको शनिवार गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले उद्घाटन गरेका छन् । गाउँपालिकाको ८ लाख र स्थानिय जनसमुदाय श्रमदानबाट ३ लाख गरि रु ११ लाख लागतमा निमार्ण भएको भवनको उद्घाटन गरिएको हो । गत असोज ४ गतेबाट सेवा विस्तार गरिएको स्वास्थ्य ईकाईमा हाल सम्म एक सय ५० जनाले सेवा प्राप्त गरिसकेका छन् ।
भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाको पिछडिएको र विकट बस्तीका जनतालाई घरआगनमै स्वास्थ्य सेवा पु¥याउनका लागि स्वास्थ्य इकाईको सञ्चालन गरिएको बताए । उनले भने,‘स्वास्थ्य सेवा प्रदान गर्न सेवा विस्तार गरेका हौँ । ’ त्यस्तै गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले भौतिक निमार्ण मात्र ठुलो कुरा नभई सेवा ठुलो भएकाले जनतालाई खुसी साथ सेवा बिस्तार गर्न आग्रह गरे ।
सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएपछि साविक पकला गाविसको वडा नंम्बर ७ स्थित कोलबाङ्ग, साज्बास, गौडे, ओखारी लगाएत स्थानका एक सय २५ घरधुरी लाभान्वित भएका छन् । स्वास्थ्य सेवा प्राप्त गर्न टाढा जानुपर्ने बाध्यता हटेकोमा यहाँका स्थानिय खुसी छन् । स्थानिय उपभोक्ता समितिका अध्यक्ष देवीराम गाहँले पहिले स्वास्थ्य सेवा लिन ३ घण्टा हिडेर जाबुने, वड्डाडा जानुपथ्र्यो । उनले भने,– ‘विकट ठाउँमा गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालन गरि घर आगनमै स्वास्थ्य सेबा दिएकोमा खुसी छु ।’ उनी भन्छन अब यहाँका स्थानिय स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउने छैनन् ।
गाउँपालिका भित्र स्वास्थ्य सेवा प्राप्त गर्न टाढा जानुपर्ने बाध्यता हटाउन र घर आगनमै स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस आर्थिक वर्षमा तीन वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याईएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । वडा नं १ दाङबाङ स्थित माझीदमार, वडा नं २ स्थित माझकमिरे र वडा नंम्बर ३ स्थित कोलबाङ्गमा सेवा सञ्चालन गरिएको उनले बताए । सामुदायिक स्वास्थ्य इकाईबाट हाँल सामान्य उपचार सेवा, परिवार नियोजन सेवा, गर्भवती तथा सुत्केरी खोप सेवा, कुष्ठरोग उपचार तथा परामर्श सहितका स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी गराए ।
त्यसतै ऐरावती गाँउपालिका वडा नंम्बर ३ को जाबुनेमा नवनिर्मीत भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले गरेका हुन् । उद्घाटको अवसरमा भवन निर्माण को जिम्मा पाएका निर्माण व्यवसायी नारायण प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त भवन प्राविधिक कार्यालयको रु ३५ लाख र गाउँपालिाको २ लाख ९४ हजार गरि ३७ लाख ९४ हजार लागतमा सम्पन्न भएको वडा सचिव लिलामणी सुनारले जानकारी दिए । गाउँपालिकाको वडा नंम्बर १ ,२, ४ वडाको भवन बनीसकेको र वडा नं ५ र ६ को यो बर्ष भित्र बन्ने गाउँपालिकाले जनाएको छ ।

  • २ मंसिर २०७५, आईतवार १८:१० प्रकाशित
  • Nabintech