७ जेष्ठ २०८१, सोमबार
गौमुखीमा एकिकृत घुम्ति सेवा सिविर सम्पन्न
  • काँचुली खबर

गौमुखी गाउँपालिकामा एकिकृत घुम्ती सेवा सिविर सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा घुम्ति सेवा सिबिर सम्पन्न गरिएको हो ।
शुक्रबार र शनिवार गरि २ दिन सम्म चलेको एकृकित घुम्ती सेवा शिबिरमा गौमुखी क्षेत्र भित्रका सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । यस क्षेत्रका ३ सय ४४ जनाले नागरिकता, ३ सय ७७ जनाले मतदाता नामावली, २ सय ६ स्वास्थ्य परामर्श , १ सय २० पशु सेवा र १ सय ४० जनाले आँखा सेवा लिएको प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । शिविरमा सबैभन्दा जेष्ठ नागरिक गौमुखी गा पा ३ रजवाराका ८२ बर्षिय चन्द्रा बुढाले सेवा प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज पन्थीले जानकारी दिए । गौमुखी गा पाका ७ वटै वडाका सेवाग्राहीले सेवा प्राप्त गरेको उनले जानकारी दिए । एकिकृत घुम्ती शिविर जिल्लाका अन्य स्थानमा पनि सञ्चालन गरिने प्रजिअ गैहृेले बताए । घुम्ती शिविरमा जिल्ला प्रहरी कार्यालय प्युठानले सचेतनामुलक कार्यक्रम समेत गरेको थियो ।
शिविरकै अवसर पारेर नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठान र गौमुखी गाउँपालिकाको आयोजनामा हुन लागेको गौमुखी मिडिया सम्मेलन हुने स्थानको स्थलगत अनुगमन गरिएको छ । अनुगमनमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी, प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकी, अनुसन्धान प्रमुख हेमन्त कार्की, सशस्त्र प्रहरी नायव उपरिक्षक गोपाल अधिकारीको उपस्थिती रहेको थियो ।

  • १ मंसिर २०७५, शनिबार १९:५९ प्रकाशित
  • Nabintech