७ जेष्ठ २०८१, सोमबार
भैलोबाट संकलित रकमबाट असहायलाई सहयोग
  • काँचुली खबर

प्युठान नगरपालिका –४ विजुवार टारीका बालबालिकाहरुले तिहारमा खेलेको देउसी भैलोबाट संकलित रकमबाट गरिब बालिका र एकल महिलालाई सहयोग गरेका छन् । टारीमा २०६६ सालमा स्थापना भएको जनसेवा बाल समुहले भैलोबाट संकलितत रकम ४८ हजार रुपैया मध्ये ८० प्रतिशत रकम समाजिक गतिविधिमा खर्च गर्ने र बाकी २० प्रतिशत रकम आन्तरिक खेलकुद, भैलो, समिक्षा तथा चियापान कार्यक्रममा खर्च गरिने बालसमुहकी अध्यक्ष स्वीकृती सुवेदीले बताईन् ।
बिजुवार टारी स्थित बिपन्न परिवारकी ६ बर्षिया बालिका समिक्षा सुनार लाई लाई ८ हजार बराबरको न्यानो कपडा, स्टेशनरी सामाग्री, प्रदान गरिएको छ ।

गरिब परिवारकी बालिकाको आर्थिक अवस्था कमजोर देखेर बाल समुहले सहयोग गरेको समुहकी अध्यक्ष सुवेदीले जानकारी दिईन् । उनले भनिन,‘ हाम्रो सानो सहयोगले बालिकाको पढाईमा केही राहत मिल्नेछ ।’ त्यस्तै नगरपालिका भित्रै पर्ने खानिखोला निवासी एकल महिला पिमा सुनारको हाँल बसीरहेको घर जिर्ण भएकाले घर मर्मतको लागि भनेर समुहले नगद रु ५ हजार प्रदान गरेको छ । जिर्ण कच्ची घरमा बस्न नमिल्नेगरी भत्किएको र कुनै आर्थिक उपाए नभएकी एकल महिला सुनारलाई थोरै भएपनि सहयोग होस भनेर सहयोग गरेको अध्यक्ष सुबेदी बताइन् ।
बालसमुहले टारी क्षेत्रलाई सफा राख्न फोहोर व्यवस्थापनकालागी फोहर संकलन गर्ने स्ट्याण्ड बनाउने र बिभिन्न सचेतनामुलक नारा लेखिएका बोर्डहरु ठाउँ ठाउँमा लगाउने निर्णय गरेको छ । नयाँ र न्यानो कपडा, स्टेशनरी सामाग्री पाउँदा बालिका समिक्षा सुनार खुसी भएकी थिईन् । उनको परिवारले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।

  • १ मंसिर २०७५, शनिबार १३:०३ प्रकाशित
  • Nabintech