१६ चैत्र २०८०, शुक्रबार
राष्ट्रपतिले नै प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्न दवाव दिएको खुलासा
  • काँचुली खबर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीकै दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ । प्रहरी तालिमका क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो ‘डिस्टर्ब’ हुने गरेको र राष्ट्रपतिलाई हेलिकप्टरबाट उपत्यकाबाहिर जान–आउन निवासभित्रै ‘स्थायी हेलिप्याड’ बनाउनका लागि फराकिलो ठाउँ चाहिएकाले सरकारले प्रहरी प्रतिष्ठान सार्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को भदौ २१ को बैठकले प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले दिएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

  • १ मंसिर २०७५, शनिबार ०८:२० प्रकाशित
  • Nabintech