७ जेष्ठ २०८१, सोमबार
आज देखि नेपालगन्ज नो हर्न शहरको अभ्यास गर्दै
  • काँचुली खबर

नेपालगञ्ज, – नेपालगञ्जमा सवारी साधन चलाउँदै हुनुुहुन्छ । त्यसमाथी हर्न बजाउने बानी छ भने अबदेखि सुधार्नुस । नत्र तपाईले एकहजार ५०० रुपिया सम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।  नेपालगञ्जलाई हर्न निषेधित शहर बनाउने तयारी गरिएको छ । बढ्दो सवारी चापका कारण अत्याधिक ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जमा हर्न निषेधित गर्ने तयारी गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले मङ्सिर १ गतेदेखि नेपालगञ्जलाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिए। शनिबार विहान १० बजेदेखि जमुनाह नाकाबाट हर्न निषेधित क्षेत्रको औपचारिक सुरुवात गरिने छ ।

हर्न निषेधित क्षेत्र कायमसँगै मङ्सिर महिनाभर चालक ,परिचालक लगायतलाई सम्वद्ध ब्यक्तिहरुलाई हर्न निषेधका बिषयमा सचेतिकरण कार्यक्रम संचालन गरिने प्रहरी निरीक्षक रोकायले बताए । पहिलो चरणमा एक महिनासम्म सचेतिकरण कार्यक्रम हुनेछ । पुष देखि हर्न बजाउनेलाई कानून अनुसार कारवाही गरिनेछ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार हर्न बजाउनेलाई प्रहरीले ५०० देखि एकहजार ५०० रुपियासम्म जरिवाना लिन सक्ने व्यवस्था छ ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले नो हर्न अभियान सफल पार्न विभिन्न स्थानमा जानकारीका लागि बोर्डहरू राख्ने र सञ्चार माध्यमहरूबाट व्यापक प्रचार गर्ने बताए । त्यसको जिम्मेवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिइएको छ । ‘बजारमा हिँड्दा सवारी साधनको हर्नका कारण केही सुनिँदैन,’ उनले भने, ‘त्यसैले नियन्त्रणका लागि अभियान सञ्चालन गर्न थालेका हौं ।’

नेपालगन्जमा सानाठूला गरी हजारौं सवारी साधन सञ्चालनमा छन् । नेपालगन्जको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन विभिन्न स्थानमा पार्किङस्थल तोकिएको छ । खासगरी नेपालगन्जको सदरलाइन र त्रिभुवन चोक आसपास बढी पार्किङको समस्या देखिएको हो ।

  • १ मंसिर २०७५, शनिबार ०७:४६ प्रकाशित
  • Nabintech