७ जेष्ठ २०८१, सोमबार
पत्रकार सिद्धिकी पुनः अस्वस्थ, अस्पतालमा भर्ना
  • काँचुली खबर

नेपालगन्ज, नेपालगन्जबाट प्रकाशित समय अधिकार दैनिकका प्रकाशक÷सम्पादक रहिस अहमद सिद्धिकी पुनः अस्वस्थ भएका छन् । पुनः अस्वस्थ भएपछि उनी एक हप्तादेखी अस्पतालमा भर्ना भएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको मेडिकल वार्डमा भर्ना भएका हुन् । पारिवारीक सदस्यका अनुसार सिद्धिकी विगत ६ महिनादेखी अस्वस्थ रहदै आएका छन् । उपचारका लागि भारतको लखनउ, काठमाडौं, नेपालगन्जका अस्पतालमा भर्ना भईसकेका छन् ।
अस्पतालमा महिनौंसम्म भर्ना भएर उपचार गर्दापनि पूर्ण रुपले निको हुन सकेको छैन । सिद्धिकीको उपचारका लागि लाखौं रूपैयाँ खर्च भईसकेको छ । चिकित्सकका अनुसार उनको कलेजो र मृगौलामा समस्या देखिएको छ । अस्पतालका डाक्टर आशिम किदवाईले उनको उपचार गरिरहेका छन् । अस्पतालको वार्डमा रहेका सिद्धिकीले भने, ‘दैनिक रुपमा १५÷१६ हजार रूपैयाँको ईन्जेक्सन मात्रै लगाउनुपर्छ, त्यो ईन्जेक्सन पनि लखनउबाट ल्याउनुपर्छ, भएको जति पैसा सकियो, निको पनि भएको छैन, अब कसरी उपचार गर्ने ?’ उपचारका लागि उनले आफन्त, ईष्टमित्रसँग ऋण सापटी गरेर रकम लिएका छन् । सिद्धिकीलाई ऋणको भारीले थिचेको छ । पत्रकार सिद्धिकीले दुई वर्षअघि मात्र मुटुको शल्यक्रिया गरेका थिए । प्रकाशक÷सम्पादक सिद्धिकी स्थानीय जामा मस्जिद ईदगाह सञ्चालक समितिको अध्यक्ष पनि हुन् । अस्पतालमै पुगेर सिद्धिकीका आफन्त, ईष्टमित्र, शुभचिन्तक, पत्रकार लगायतले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । उनको स्वास्थ्य लाभको लागि ईस्लाम धर्मगुरुले पनि सामुहिक प्रार्थना गरेका छन् ।

 

  • ३० कार्तिक २०७५, शुक्रबार १५:५६ प्रकाशित
  • Nabintech