७ जेष्ठ २०८१, सोमबार
धर्मको प्रचार गर्ने दुई जापानी महिलालाई देश निकाला
  • काँचुली खबर

काठमाडौं — गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गराउँदै आएका थिए । गृहसचिव प्रेमकुमार राईको निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निष्कासन गरिएको हो ।

  • ३० कार्तिक २०७५, शुक्रबार ०७:५७ प्रकाशित
  • Nabintech