७ जेष्ठ २०८१, सोमबार
पिङ भाँचिदा ४ घाइते, दुईको अवस्था गम्भीर
  • काँचुली खबर

रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडी बजारको चौतारा मेलामा खेलिरहेको पिङ भाँचिदा चार जना घाइते भएका छन्। घाइते हुनेमा आठविसकोट नगरपालिका-४, गोतामकोटका ५२ वर्षीय कालिबहादुर विक, उनकी श्रीमती ५१ वर्षीय बेलमती विक, आठविसकोट नगरपालिका-११ गोइरीकी १४ वर्षीया दीपा सिंह र नलगाड नगरपालिका ८ हलचौरका ९ वर्षीय लोकेन्द्र खत्री रहेका छन्।

घाइतेमध्ये कालिबहादुर र लोकेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूको अहिले नगर अस्पताल आठविसकोट नगरपालिका ९ राडीमा उपचार भइरहेको छ। गम्भीर घाइते कालिबहादुर विकले नै उक्त पिङ सञ्चालन गरेका थिए। घाइतेमा हुनेमा पिङबाट खस्ने र पिङको तल बसेका स्थानीयहरू पनि परेका हुन्।

  • २९ कार्तिक २०७५, बिहीबार १५:३३ प्रकाशित
  • Nabintech