२६ बैशाख २०८१, बुधबार
किर्ते पत्राचार गरेको भन्दै व्यवसायीहरुद्धारा दु:ख ब्यक्त (प्रेस विज्ञप्ति सहित)
  • काँचुली खबर

बाँके जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता रहेको नेपाल मुद्रण उद्योग संघ, बाँकेको मंगलवार संघका कार्यवाहक अध्यक्ष चिन्तामणि उपाध्यायको अध्यक्षतामा बसेको बैठकले संघको लेटर प्याड र छाप प्रयोग गरी किर्ते पत्राचार गरेकोमा घोर भत्र्सना गरेको छ । उक्त बैठक पछि जारी प्रेस विज्ञप्तिमा संघको आधिकारिक र क्रियाशील कार्यसमिति बाहिरका मुद्रण व्यवसायीहरुले नेपाल मुद्रण उद्योग महासंघ केन्द्रीय कार्यालयमा आगामी मंसीर १ गते काठमाडौंमा हुने महाधिवेशनकालागि आफुलाई संघको अध्यक्ष र अन्य पद लेखेर मिति २०७५ कात्र्तिक १९ गतेको मितिमा नेपाल मुद्रण उद्योग महासंघ केन्द्रीय कार्यालयमा प्रतिनिधिहरुको नामावली पठाएको प्रमाणका आधारमा बैठकले उक्त किर्ते क्रियाकलापको घोर भत्र्सना गर्ने निर्णय गरेको हो ।

नेपाल मुद्रण उद्योग संघ, बाँकेले मिति २०७५ कात्र्तिक १० गतेको बैठकमा महाधिवेशनका लागि प्रतिनिधि छनौट गरी मिति २०७५ कात्तिक १३ गतेका दिन नेपाल मुद्रण उद्योग महासंघ केन्द्रीय कार्यालयमा प्रतिनिधिहरुको नामावली पठाइसकेको छ । संघको किर्ते लेटर प्याड र छाप प्रयोग गरी नेपाल मुद्रण उद्योग महासंघ बाँके शाखाका अध्यक्षले संघका संस्थापक अध्यक्ष, अध्यक्ष, केन्द्रीय सदस्य र उपाध्यक्षको नाम उल्लेख गरेर हस्ताक्षर गरेका छन् । उक्त किर्ते क्रियाकलापको घोर भत्र्सना गर्ने निर्णय गरेको नेपाल मुद्रण उद्योग संघ, बाँकेको मंगलवार बसेको बैठकमा संघका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीको पनि उपस्थिति रहेको थियो । मंगलवार साँझ अबेर सम्पन्न बैठकले गरेको निर्णय अनुसार नेपाल मुद्रण उद्योग महासंघ केन्द्रीय कार्यालयमा पनि उक्त किर्ते कामका बारेमा जानकारी पठाएको छ ।

  • २९ कार्तिक २०७५, बिहीबार ०७:४५ प्रकाशित
  • Nabintech