१३ बैशाख २०८१, बिहीबार
नेपाल प्रहरीमा पहिलो पटक डा. महिला एआईजि
  • काँचुली खबर

 स्थापनको ६३ वर्षपछि पहिलोपटक नेपाल प्रहरीको विशिष्ट श्रेणीमा महिला पुग्न सफल भएका छन । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाईदिएका छन ।
आइतबारको मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रुपमा अब उनले अस्पतालको प्रमुखको जिम्मेवारी समेत सम्हाल्ने छिन । यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए ।

  • २८ कार्तिक २०७५, बुधबार १०:१३ प्रकाशित
  • Nabintech