२६ बैशाख २०८१, बुधबार
उदाउँदो सूर्यलाई अर्घ दिएर छठलाई बिदाइ गरियो
  • काँचुली खबर

छठ पर्व अन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । बिहान सूर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत पनि समाप्त भएको छ ।

   

सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ ।

काठमाडौं उपत्यकासहित देशभरका नदी, तलाउ, पोखरी र खोला किनारमा श्रद्धालुहरुको घुइँचो छ । छठको पूजा गर्नका लागि काठमाडौं उपत्यकाका कमलपोखरी, गहना पोखरी, गुहेश्वरी, वागमती, विष्णुमती, नेपालगन्जको बागेश्वरी मन्दिरसहित देशभरका छठघाटलाई झकिझकाउ पारिएको छ ।

  • २८ कार्तिक २०७५, बुधबार ०८:४९ प्रकाशित
  • Nabintech