२६ बैशाख २०८१, बुधबार
संघमा चुनावी सरगर्मी बढ्याे
  • काँचुली खबर

नेपाल परिवार नियोजन संघ बाँकेमा चुनावी सरगर्मी बढेको छ । यही कार्तिक २९ गते विहीबार हुने संघको निर्वाचनको लागी यसतिबेला नेपालगन्जमा माहोल तातिएको छ । निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरिएको निर्वाचन अधिकृत बलवहादुर चन्दले जानकारी दिए ।
तीन वर्षदेखि संघमा देखिएको विवादलाई यो निर्वाचनले सुल्झाउने अपेक्षा गरिएको छ । नेतृत्वका लागि तीन छुट्टाछुट्टै प्यानल दौडधुपमा छन् । तत्कालीन अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठसंग अघिल्लो निर्वाचनका प्रतिष्पर्धी मुकुन्द केसी र विनमकुमार श्रेष्ठबीच प्रतिष्पर्धा हुन लागेको संघले जनाएको छ । संघमा चार सय बढी सदस्य रहेका छन् ।

  • २६ कार्तिक २०७५, सोमबार १८:३९ प्रकाशित
  • Nabintech