७ जेष्ठ २०८१, सोमबार
२ करोड भ्रष्टाचार मुद्दा: राजपाका महामन्त्रीलाई
  • काँचुली खबर

काठमाडौं – निजामती सेवाबाट राजीनामा दिएर राजनितिमा लागेका राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा एक करोड ९१ लाख ६ सय २५ रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । सिंह गत वर्ष सहायक वन अधिकृत पदबाट राजीनामा दिएर राजनितिमा लागेका थिए । उनलाई राजपाले प्रदेश सांसदको समानुपातिक सुचीमा राखेको थियो ।

०४३ सालमा सरकारी जागिरेमा लागेका उनले एक करोड ६० लाख २१ हजार रुपैयाँ वैध रुपमा आर्जन गरेका थिए । तर यो अवधिमा तीन करोड ५१ लाख ८२ हजार ६ सय ४४ रुपैयाँ खर्च गरेको आयोगको अनुसन्धानमा खुलेको छ । जसमध्ये एक करोड ९१ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले मुद्दा दायर गरेको र सम्पत्तिमा धेरै अन्तर देखिएको अख्तियारले जनाएको खबर नयाँ पत्रिमा छ । उनको श्रीमती र छोराहरुविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

  • २० कार्तिक २०७५, मंगलवार ०८:०२ प्रकाशित
  • Nabintech