२ जेष्ठ २०८१, बुधबार
फुटवलको उपाधीका लागि खलंगा र बाहाने भिड्ने
  • काँचुली खबर

शनिबारदेखि सरदुमकाम खलगामा जारी जिल्ला स्तरीय अन्डर–१९ फुटवल प्रतियोगिताको उपाधीका लागि आयोजक खलंगा र बाहानेको टीमले प्रतिस्पधा गर्ने भएको छ । सोमबार भएको सेमिफाईनल खेलमा खलंगाले विजुवारलाई तथा बाहानेले मरन्ठानालाई फराकिलो गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलको पहिलो खेलमा खलंगाले विजुवारलाई ३–१ गोल अन्तरले जित हासिल गरेको हो । दोस्रो खेलमा बाहानेले मरन्ठानालाई ३–० गोल अन्तरले जीत हासिल गरेको आयोजकले जनाएको छ । मंगलबार विहान फाइनल खेल हुनेछ ।
‘राष्ट्रका लागि युवा, युवाका लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगितामा क्रिकेट फुटवल क्लव खलंगाको आयोजना तथा मल्लरानी गाउँपालिकाको आर्थिक सहयोग रहेको छ ।
प्रतियोगितामा एफ सि खलंगा, मल्लरानी, मरन्ठाना, विजुवार, बाहाने र दरभानले भाग लिएका थिए । प्रतियोगिताको विजेताले २० हजार नगद, कप, मेडल र प्रमाणपत्र, उपविजेताले १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष विधान भारतीले बताउनुभयो । उत्कृष्ट खेलाडीलाई फुटवल सुज पुरस्कार दिईने आयोजकले जनाएको छ ।

  • १२ कार्तिक २०७५, सोमबार २०:३३ प्रकाशित
  • Nabintech