२ जेष्ठ २०८१, बुधबार
हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा नेपालगन्जमा प्राथमिक शिक्षा वर्ग-२०७५ सन्चालन
  • काँचुली खबर

हिन्दु स्वयमंसेवक संघ नेपाल, नेपालगन्जको आयोजनामा नेपालगन्जमा प्राथमिक शिक्षा वर्ग २०७५ सन्चालन गरिएको छ । सो शिक्षा वर्ग कार्तिक ९ देखि १६ गते सम्म हुने आयोजकले जानकारी दिएको छ ।
सो शिक्षा वर्गमा ३ जिल्ला बाँके, बर्दिया र सुर्खेत जिल्लाका ७२ जना युवाहरुको सहभागिता रहेको छ । हिजो भएको उद्घाटन कार्यक्रममा पूर्व मन्त्री सर्वदेव ओझा, डा. जनार्दन आर्चाय, कृष्णा पाण्डे र विश्वनाथ अग्रवालले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा अतिथिहरुले शुभकाना मन्त्ब्य ब्यक्त गर्नुहदै आफनो भाषा, धर्म र संस्कृतिको रक्षाको लागि यस्ता जागरण कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए ।

सो शिक्षा वर्गमा शारिरीक, बौद्धिक र मानसिक सम्बन्धि विषयमा प्रशिक्षण दिइने बताईएको छ । शारिरीकतर्फ योग,ध्यान र खेल र बौद्धिकतर्फ वेद धर्मग्रन्ध सम्बन्धि विभिन्न विषयमा प्रशिक्षण गरिने र मानसिकतर्फ मनलाई कसरी एकाग्र बनाउने भन्ने बारे कला प्रशिक्षण गरिने हिन्दु स्वयमंसेवक संघ नेपाल, पश्चिम क्षेत्रका प्रचारक विकुुल दाहालले जानकारी दिए । साथै यस शिक्षा वर्गको मूख्य उद्धेश्य आफनो हिन्दुधर्म, संस्कृतिको जर्गेणा गर्नुको साथै ब्यक्तिलाई आपनो राष्ट्रप्रति उत्तरदायी कर्तब्यनिष्ठ बनाउने, निष्ठावान र चरित्रवान बनाई समाजको कार्य गर्न सक्षक नागरिक बनाउने रहेको बताए ।
यस्तो किसिमको शिक्षा वर्ग प्रशिक्षण सुर्खेतमा सम्पन्न भईसकेको अन्य ठाउँहरु महेन्द्रनगर, डडेल्धुरामा सन्चालन भईरहेको र सब गरि ३४ जिल्लामा शिक्षा वर्ग सन्चालन हुने आयोजकले जानकारी दिइएको छ ।  प्रशिक्षकहरुमा डा. दिपक अधिकारी, भुवन चन्द्रा, नारायण प्रसाद ढकाल र बासुदेव मिश्र रहेका छन । सो शिक्षा वर्गमा सहभागी हुुन आएका सुर्खेत इतरामका युवा मदनकृष्ण न्यौपानेले आफुले केहि नयाँ नौलो महसुश गरिरहेको र ब्यवहारमा परिवर्तन हुने विश्वास प्रकट गरे त्यसैगरि बाँकेका अर्का सहभागी अभिजित तिवारीले आफनो हिन्दु धर्म र संस्कृति बारे बुझन पाईने बताए ।

  • ११ कार्तिक २०७५, आईतवार ११:०५ प्रकाशित
  • Nabintech