२ जेष्ठ २०८१, बुधबार
प्युठानमा जिल्ला स्तरीय लिग फुटवल प्रतियोगिता शुरु
  • काँचुली खबर

जिल्ला स्तरीय अण्डर–१९ लिग फुटवल प्रतियोगिता प्युठान सदरमुकाम खलंगा टुडिखेलमा शनिबार उदघाटन गरिएको छ । मल्लरानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको हो ‘युवाका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगितामा क्रिकेट फुटवल क्लवको आयोजना तथा मल्लरानी गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ । शनिबारबाट शुरु भएको फुटबल प्रतियोगितामा एफ. सि. खलंगा, मल्लरानी, मरन्ठाना, विजुवार, बाहाने र दरभानका ६ समुहले खेलमा भाग लिएको आयोजक क्लवका अध्यक्ष विधान भारतीले बताए । प्रतियोगितामा विजेताले २० हजार नगद, कप, मेडल र प्रमाणपत्र, उपविजेताले १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । उक्त फुटबल प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई फुटवल सुज पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता चार दिन १३ गते सम्म चल्ने आयोजकले जानकारी गराएको छ ।

  • ११ कार्तिक २०७५, आईतवार ०८:४८ प्रकाशित
  • Nabintech