२ जेष्ठ २०८१, बुधबार
अवैध हतियारसहित भारतीय नागरिक पक्राउ !
  • काँचुली खबर

अवैध हतियारसहित बर्दियामा शनिवार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । बढैयाताल गाँउपालिका वडा नं. ७ कण्ठपुर चोक नजिक अवैध हतियारसहित भारत जिल्ला बहराईच थाना मोतिपुर तहसिल नानपारा बलईगाँउ बस्ने जहरुद्दीन जागा पक्राउ परेका हुन् ।
उनलाई १ थान नलकटुवा पेस्तोल, १ राउण्ड गोली र १ थान ओपो मोवाईलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । प्रहरी निरीक्षक ओलीको नेतृत्वमा गएको टोलीले जागालाई शनिवार दिउँसो पक्राउ गरेको पत्रकार सम्मेलनमार्फत प्रहरीले बताएको छ ।
जागाले नलकटुवा पेस्तोल बिक्रि गर्न नेपाल ल्याएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओलीको भनाई छ ।

(सदरलाईनबाट साभार)

  • १० कार्तिक २०७५, शनिबार १८:५६ प्रकाशित
  • Nabintech