२ जेष्ठ २०८१, बुधबार
अग्नि पीडितलाई गाउँपालिकाको राहत
  • काँचुली खबर

नौबहिनी गाउँपालिका-७ फोप्लीका अग्नि पीडितलाई सनिवार गाउँपालिकाले राहत प्रदान गरेको छ। गत मंगलबार फप्लिका ३ घर आगलागी हुदा बिस्थापित परिवारलाई राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । फोप्लिका आगलागी पीडित बिमला पुन, लक्ष्मी खड्का र छबिलाल पुन लाई आपतकालीन राहत कोषबाट प्रती घर पाँच हजार नगद सहित लत्ताकपडा भाडाबर्तन खाद्यान्न नुन तेल लगाएतका सामग्री बितरण गरिएको अध्यक्ष रिजालले जानकारी दिए ।

राहत बितरण गर्दै उनले गाउँपालिका क्षेत्र भित्र हुने बिपत्तिमा सहयोग गर्न आफू तत्पर भएको बताए । आउदा दिनमा हुने यस्ता खालका बिपत्तिमा सहयोग गर्न गाउपालिका पछि हटदैन त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बिपत्ति आउने कुरा थाहा नहुने भएकोले यसको निम्ति सबैले सावधानी अपनाउनुपर्ने बताए । आगलागी पछि बिस्तापित भएका अग्नि पीडितले आफ्नो सानो भएपनी गर्जो टरेकोले खुशी व्यक्त गरेका छन ।

  • १० कार्तिक २०७५, शनिबार १५:१० प्रकाशित
  • Nabintech