२३ बैशाख २०८१, आईतवार
बाजुरामा पनि भेटिए कालाजारका बिरामी !
  • काँचुली खबर

तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा परेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानिय तहमा कालाजारका बिरामी भेटिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा। सत्य शाहीले वताएका छन्।

कालाजारबाट ७ महिना पहिला एकजना बालिकाको मृत्यु समेत भएको स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । ७ महिना पहिला स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहीको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएको हो । ‘कोल्टीमा उपचारका लागि ल्याइएको थियो कालाजार बाट उनको अबस्था गम्भिर भएकाले काठमाडांै रिफर ग¥यौं,’ स्वास्थ्य केन्द्रका प्रमुख डा. शाहीले भने।

साउन यता पनि दुईजना बिरामी भेटिएको र तिनलाई उपचारका लागि नेपालगञ्ज रिफर गरेको डा. शाहीले बताए । स्वामिकातिक गाउँपालिका ५ जेरा बस्ने ११ बर्षिय कञ्चना शाही र स्वामिकार्तिक गाँउपालिका २ साप्पाटा कि ३ बर्षिय करिश्मा भण्डारीलाई यो रोग देखा परेर उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । प्रयोगशाला परिक्षण गर्दा कालाजार देखिएपछि भेरी अञ्चल अस्पताल नेपालगञ्ज रिफर गरेको स्वास्थ्य केन्द्रले जनाएको छ । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको केन्द्रले जनाएको छ ।

यो क्षेत्रमा गतवर्ष पहिला मलेरिया रोग समेत देखा परेको थियो । बाजुराका बुढिनन्दा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । यी स्थानिय तह निकै बिकट भएकाले कालाजार सम्बन्धि चेतना र नियन्त्रणका लागि पहल नगरे माहामारी फैलिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । ‘मलेरिया रोगी दैनिक दुईतिन बिरामी आउँछन्, कालाजार फैलिए नियन्त्रण गर्न समस्या आउन सक्छ,’ डा. शाहीले भने।

कालाजार रोग तराईका जिल्लामा हुने समस्या हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसुनाको टोकाइबाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घट्ने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने रहेको डा। शाहीले बताएका छन् । कालाजारको उपचार बाजुरामा नहुने भएकाले नेपालगञ्ज वा धनगढी रिफर गर्ने गरिएको छ।

 

(स्वास्थ्य खबरबाट साभार)

  • ९ कार्तिक २०७५, शुक्रबार १६:०२ प्रकाशित
  • Nabintech