२१ बैशाख २०८१, शुक्रबार
कपडा व्यवसायीहरुको अगुवाईमा नेपालगन्जमा सरसफाई अभियान
  • काँचुली खबर

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ वागेश्वरी टोलमा सरसफाई अभियान संचालन गरिएको छ । स्थानिय कपडा ब्यवसायीहरुको नेतृत्वमा सामुदायीक सेवा केन्द्र र सामुदायीक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहिबारदेखि सरसफाई अभियान संचालन गरिएको हो ।
उपमहानगरपालिकाको वडा नं. २ वागेश्वरी टोलका कपडा ब्यवसायी तथा सामुदायीक सेवा केन्द्रका सदस्य भरत महतोले हरेक हप्ता त्यस क्षेत्रमा सरसफाई अभियान संचालन गरिने जानकारी दिए । ‘सरसफाई अभियानमा लागौं, वातावरण स्वच्छ बनाऔं’ भन्ने मुख्य नाराका साथ संचालन गरिएको सरसफाई अभियानमा ३५ बढि स्थानिय तथा कपडा ब्यवसायीहरुको सहभागीता रहेको महतोले जानकारी दिए ।
सरसफाई कार्यक्रममा सहभागीहरुले स्थानियलाई आफ्नो घर वरपरको वातावरण स्वच्छ राख्न आग्रह समेत गरेका थिए ।

सरसफाई कार्यक्रममा प्रहरी नायव उपरिक्षक रुद्र रावल, प्रहरी जवान पुजा शाही, व्यवसायी भरत महतो, दिनेश गौतम, भरत विष्ठ, छत्रेश्वर शर्मा, मेराज सिद्धिकी र अस्लम दर्जी लगायतका समाजसेवी तथा ब्यवसायीहरु सहभागी भएका थिए ।

  • ९ कार्तिक २०७५, शुक्रबार ०८:५७ प्रकाशित
  • Nabintech