२१ बैशाख २०८१, शुक्रबार
बैजापुरमा चितुवा आतङ्क : स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए !
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिका ४ का स्थानीयहरुले गाँउमा पसेको जंगली चितुवालाई नियन्त्रणमा लिएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट आएको चितुवाले गौरीगाँउका स्थानियहरुलाई हमला गर्न चालेपछि चितुवालाई नियन्त्रणमा लिइएको हो ।
स्थानिय पत्रकार हेमन्त चौधरीका अनुसार स्थानीय कैलाश थारुलाई चितुवाले आक्रमण गर्न खोजेपछि गाँउलेहरुले चितुवालाई नियन्त्रणमा लिएका थिए । करिब २ मिटर लम्बाई रहेकको उक्त चितुवालाई नियन्त्रणपछि इलाका प्रहरी कार्यालय धामपुरमा राखिएको छ ।
नियन्त्रणमा लिइएको चितुवालाई आवश्यक प्रक्रिया पुरा गरी बाँके राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरिने ईलाका प्रहरी कार्यालय धामपुरका सई कमल थापाले जानकारी दिए ।

निकुञ्जका हिंश्रक जन्तुका कारण बाँकेको राप्तीसोनारी गाँउपालिकाका स्थानियहरुले सास्ती खेप्दै आएका छन । बाँके राष्ट्रिय निकुञ्जसाग सिमाना जोडिएको उक्त गाउँपालिकाका स्थानियहरुलाई समय-समयमा बाघ, चुतुवा, बँदेल, हात्ती लगायतका बन्यजन्तुले दुख दिने गरेका छन ।

  • ८ कार्तिक २०७५, बिहीबार १३:४३ प्रकाशित
  • Nabintech