२ जेष्ठ २०८१, बुधबार
गाउँपालिकाको सबै जानकारी मोबाइल एप्स मार्फत
  • काँचुली खबर

झिमरुक गाउँपालिकाले सबै जानकारी मोबाइल एप्स मार्फत हेर्न सक्ने गरि प्रयोगमा ल्याएको छ । गाउँपालिकाले जनतालाई दिइदै आएका हरेक सेवा र महत्त्वपूर्ण जानकारी आम नागरिकले सजिलोसँग प्राप्त होस भन्ने उदेश्यले मोबाइल एप्स प्रयोगमा ल्याइएको झिमरुक गाउँपालिका सूचना अधिकारी निम प्रसाद भण्डारीले जानकारी गराएका छन ।
गाउँपालिकाले प्रदान गर्दै आएका सेवालाई सरल र सर्वसुलभ ढंगबाट प्रवाह गर्न मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष तिलकबहादुर जिसीले बताए । गाउँपालिकाले आफ्नो कार्यालयको परिचय कर्मचारी विवरण जनप्रतिनिधि विवरण सेवाहरु कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता वडा विवरण महत्त्वपूर्ण स्थानको जानकारी आपतकालीन नम्बर लगायतका सेवाहरु मोबाइल फोनमार्फत सजिलैसँग हेर्न सकिने प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी गराएका छन । एप्समा प्रत्येक वडाको जनसंख्या विवरण, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको विवरण, पन्जिकरण, सिफारिस, नीति तथा कार्यक्रम बजेट, गाउपालिकाको ऐन, नियम, पर्यटकीय स्थल, अस्पताल, शैक्षिक संस्था, होटल, बैंक, प्रशासनिक कार्यालय पत्ता लगाउन सकिने गाउँ पालिकाले जानकारी गरायो ।
आफ्नो मोबाइलको प्ले स्टोरमा गई झिमरुक रुरल म्युनिसिप्यालिटी टाइप गरी डाउनलोड गरेर झिमरुक गाउँपालिकाको हरेक गतिविधि जानकारी लिन सकिने गाउँपालिका कार्यालयले जनाएको छ।

  • ७ कार्तिक २०७५, बुधबार १६:४१ प्रकाशित
  • Nabintech