२ जेष्ठ २०८१, बुधबार
वडाध्यक्ष रिजाललाई पितृशोक !
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजाललाई पृतिशोक परेको छ । लामो समयदेखि स्वास्थ्य समस्याबाट गुज्रिरहेका रिजालका पिता खडानन्द रिजालको भारतको लखनउमा उपचारका क्रममा सोमबार निधन भएको हो ।
१९९९ साउन १० गते पर्भाखर रिजाल र आमा मोतिकला रिजालको कोखबाट जन्मिएका रिजालको ७४ वर्षको उमेरमा सोमबार बिहान ४ बजे निधन भएको हो । मृतक रिजाललाई सोमबार बाँकेको अगौया घाटमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।
समाजसेवी रिजालका दुई छोरामध्ये केसव रिजाल नेकपा एमालेका पुर्ब जिल्ला कमिटी सदस्य हुन भने कान्छा छोरा माधव रिजाल हाल कोहलपुर नगरपालिका वाड न ३ का वडा अध्यक्ष रहेका छन ।
मृतक रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली ।

  • ६ कार्तिक २०७५, मंगलवार १९:३५ प्रकाशित
  • Nabintech