२ जेष्ठ २०८१, बुधबार
प्यूठानमा ५० हजार राशिको क्रिकेट प्रतियोगिता हुने !
  • काँचुली खबर

अखिल क्रान्तिकारी प्यूठानले ५० हजार राशि पुरस्कारको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । क्रान्तिकारीले सोमवार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैंया र उपविजेता समुहले वीस हजार रुपैंया पुरस्कार पाउने छन् । खेल कार्तिक १६ गते देखि खेलकुद मैदान विजुवारमा संचालन गरिने अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पुष्कर शर्माले जानकारी गराए ।

अखिल क्रान्तिकारीको तत्कालिन जिल्ला कमिटि सदस्य महेश वि.क.को स्मृतिमा ‘दोश्रो महेश स्मृति खुला क्रिकेट प्रतियोगिता २०७५’ गर्न लागेको संगठनका जिल्ला इन्चार्ज सुमनराज श्रेष्ठले जानकारी गराउदै उनले भने “युवाहरुलाई खेलकुद प्रति आकर्षण गरि खेलकुदको माध्यम बाट युवाहरूलाई देश बिकासमा केन्द्रीकृत गर्न प्रतियोगिता आयोजना गरिएको बताए । अब खेल युवाहरूको लागि अनिवार्य भएकोले खेलको बिकासमा लाग्न सबै खेलप्रेमीहरु लाई आग्रह गरेका छन । सरकाले खेल प्रति उपेक्षा गरेको भन्दै खेल प्रती लगानी वृद्धि गर्नुपर्ने बताए । युवाहरू राष्ट्रको महत्त्वपूर्ण जनशक्ति भएकोले राज्यको खराब गतिविधिका विरुद्ध खबरदारी गरि राम्रो कामलाई सहयोग गर्न अपिल गरे । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्रिकेट खेल जिल्लाका खलंगा, विजुवार, दिहाल्ना चौर, भिंगृ लगायतका स्थानमा जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन हुने गर्दछ ।

  • ५ कार्तिक २०७५, सोमबार १७:४७ प्रकाशित
  • Nabintech