३१ बैशाख २०८१, सोमबार
गरिवको घरमा दशै खर्च लिएर पुगे मेयर
  • काँचुली खबर

प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले नगरपालिका भित्र रहेका अति गरीव, असाहाय, दिनदुखी र अशक्त अपागं भएका परिवारलाई घरमै पुगेर दशै खर्च दिएका छन । चाडपर्वको बेला उनिहरुलाइ केही राहत होस भनेर आफ्नो तलबभत्ता बाट स्थापना गरिएको मेयर कोषबाट कक्षपतिले उनिहरुकै घरमा पुगी सहयोग बितरण गरेका हुन ।
प्यूठान नगरपालिकाका अति गरिव असहाय, असक्त, अपागं, पहिचान गरी २५ जनालाई २ हजारका दरले सहयोग गरेको मेयर कक्षपतिले जानकारी दिएका छन ।
दशै तिहार जस्ता महान चाडपर्बको बेला एक जोर कपडा लाउन नसक्ने मिठो खानको लागि अरुको मुख ताक्नु पर्ने अबस्था नआओस भनेर आफुले त्यस्ता गरिव असाहयहरुलाइ सहयोग गरेको बताए ।
उनले भने “हाम्रो ठाउँमा कति परिवारहरु बिहान खाएर बेलुका के खाने हो भनेर बस्नु पर्ने अबस्था छ त्यस्ता केहि परिवारलाई हामीले सहयोग गरेका हौ विपन्नलाई सहयोग गर्दा मनै देखि खुसी मिल्दो रहेछ” । आउँदा दिनमा त्यस्ता गरिव विपन्न घरपरिवारलाई अझै सहयोग गर्ने इच्छा ब्यक्त गर्दै दशैमा सहयोग पाएपछि दुःखीको ओठमा केहि भएपनी खुशी मिलेको आफुलाई अनुभूति भएको मेयर कक्षपतिले बताए ।
प्यूठान नगरपालिका ४ का राजु वि.क.को लागि भने ५ हजार सहयोग गरिएको छ । खुट्टा भाचिएकोले उपचारमा आर्थिक अभाव भएको कारण उनलाई कोषबाट ५ हजार सहयोग गरिएको हो । चाडपर्वको मुखमा सहयोग पाउँदा खुशी भएको प्यूठान नगरपालिका-५ की जुठी देवी नेपाली बताइन ।


गत आ.ब. को नगरपालिकाबाट आउने सेवा सुविधाको रकम २ लाख ६० हजार बाट यस्तै असाहाय गरिब आगलागी पिडित अशक्त बिरामिलाइ उपचारमा सहयोग गरिएको थियो भने यो पटक तिन महिनाको पारिश्रामीकबाट नगरका सबै वडाका दुई जना र अन्य ५ जना गरि २५ जना गरिब अशक्त अपांग मध्यबाट छनोट गरि ५० हजार बितरण गरीएको हो ।

निर्वाचन ताका कक्षपतीले मतदातालाई नगरपालिकाको मेयरमा आफुले चुनाब जिते कुनै सेवा सुविधा नलिई उक्त सेवासुबिधा गरिब जनतालाई खर्च गर्ने प्रतिबद्धता गरेका थिए । त्यसको कार्यान्वयनको लागि कोष स्थापना गरि गरिबलाई सहयोग बितरण गरेको उनले जानकारी गराएका छन ।

  • १ कार्तिक २०७५, बिहीबार १८:२९ प्रकाशित
  • Nabintech